पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ४५१ सहित देशभर थप १५७० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
८ हजार ५८७ जनाको पीसीआर परीक्षण गर्दा ११८४ जना र ४१०५ जनाको एन्टीजेन परीक्षण गर्दा ७७३ जना गरी १५७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
उपत्यकाको काठमाडौमा ३३८, ललितपुरमा ७० र भक्तपुरमा ४३ जना गरी कुल ४५१ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ५१०३ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म् कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११८३८ पुगेको छ ।








