पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ४६३ सहित देशभर थप १७१४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
५ हजार २२५ जनाको पीसीआर परीक्षण गर्दा ११०३ जना र ३२८८ जनाको एन्टीजेन परीक्षण गर्दा ६११ जना गरी १७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
उपत्यकाको काठमाडौमा ३१६, ललितपुरमा १०४ र भक्तपुरमा ४३ जना गरी कुल ४६३ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ४७७१ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म् कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११८०३ पुगेको छ ।








