प्युठानको गौमुखी गाउँपालिका–६ लिवाङमा दुलही लिएर फर्किएको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । भने दुर्घटनामा ५ जना घाईते भएका छन् ।

ग १ ज ५०९२ नम्वरको जीप लिवाङको ओखरपाटा भन्ने स्थानमा दुर्घटना भएको स्थानीय पदमबहादुर केसीले जानकारी दिए ।

प्युठानकै नौबहिनी गाउँपालिका–६ लुङबाट दुलही लिएर फर्किएको जीप राती १ बजेको समयमा दुर्घटना भएको केसीले बताए ।

मृत्यु हुने आठमध्ये सातजनाको पहिचान खुलेको छ। दुर्घटनामा गौमुखी-६ का ३९ वर्षीय वसन्त खड्का, ४० वर्षीया वसन्ती खड्का‚ ११ वर्षीया एलिसा खड्का‚ २९ वर्षीया केशरी खड्का, ३२ वर्षीय खेमबहादुर खत्री‚ ५२ वर्षीया नन्दी खड्का र ५० वर्षीय बलबहादुर बुढा मगरको मृत्यु भएको छ। करिब २० वर्षीया महिलाको भने सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

घाईते २ जनाको जिल्ला अस्पताल विजुवारमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक देवी प्रसाद गैरेले जानकारी दिए ।

दुर्घटनाका बाँकी घाईतेलाई जिल्ला अस्पताल विजुवार लगिएको छ । घटनाको वृस्तृत जानकारी आउन सकेको छैन ।