प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।

बुधबार अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता भएको प्रचण्डका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए ।

भेटमा प्रचण्ड र नेपालसँग प्रधामन्त्री देउवाले स्थानीय निर्वाचन, अमेरिकी सहयोग परियोजना अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लगायत समसामायिक राजनीतिक विषयमा छलफल गरेको उनले बताए । यसअघि मंगलबार प्रधानमन्त्रीसँगको भेटमा निर्वाचन आयोगका पदाधिकारीले स्थानीय तहको निर्वाचन जेठ ४ गते गर्न सरकारलाई परामर्श दिएका थिए ।

आयोगका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री देउवाटले गठबन्धनमा छलफल गरेर सरकारले निर्वाचन मिति तोक्ने बताएका थिए ।