मोरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल १-० गोल अन्तरले विजयी भएको छ ।

दशरथ रंगशालामा मंगलबार भएको खेलमा नेपालका लागि १० औं मिनेटमा सुजल श्रेष्ठले निर्णायक गोल गरेका थिए ।

मंगलबार दशरथ रंगशालामा भएको खेलको दोस्रो हाफ निकै तनावपूर्ण रह्यो । दुबै टोली ७१ औं मिनेटमा १० खेलाडीमा सिमित भएका थिए ।

नेपालका पुजन उपरकोटी ७१ मिनेटमा दोस्रो पहेँलो कार्ड खाँदै बाहिरिएका थिए । मोरिससका बोट्लरले ७१ औं मिनेटमा रातो कार्ड पाएका थिए ।

मोरिसस भने ७९ औं मिनेटपछि ९ खेलाडीमा सिमित रहेको थियो । फुलचन्दले ७९ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएका थिए ।

पहिलो मैत्रीपूर्ण खेलमा पनि नेपाल १-० ले विजयी भएको थियो ।