राष्ट्रियसभाको बैठक पुनस् अनिश्चितकालका लागि स्थगित भएको छ ।

भोलि माघ १७ गतेका लागि बोलाइएको बैठक पुनः अनिश्चितकालका लागि स्थगित गरिएको संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिएका छन ।

यसअघि संघीय संसद सचिवालयले आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठक पनि शनिबार सूचना निकालेर १० दिन पछि सारिएको थियो ।