राष्ट्रपति विद्यादेवी भण्डारीले ज्ञानचन्द्र आचार्यलाई संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेकी छिन ।

राष्ट्रपतिले आज उनलाई नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

आचार्य संयुक्त राष्ट्रसंघका पूर्वउपमहासचिव हुन्। यसअघि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा आचार्य आर्थिक सल्लाहकार भएका थिए। उनी सन् २००७ देखि २००९ सम्म नेपाल सरकारका विदेश सचिव थिए।

बेलायतको राजदूतमा ज्ञानचन्द्र आचार्य नियुक्त