पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ३१४३ सहित देशभर थप ८०१७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
१५ हजार ७३६ जनाको पीसीआर परीक्षण गर्दा ५८१६ र ६०७२ एन्टिजेन परीक्षणमा २२०१ जना गरी जना गरी ८०१७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
उपत्यकाको काठमाडौमा २४०२ जना, भक्तपुरमा २२० जना र ललितपुरमा ५२१ जना गरी कुल ३१४३ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ५२९२ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म् कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११६८७ पुगेको छ ।








