राष्ट्रियसभा निर्वाचनमा गण्डकी र कर्णाली प्रदेशमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरु निर्वाचित भएका छन् ।
बुधबार भएको मतगणनामा नेकपा माओवादी केन्द्रका सुरेशबहादुर आले मगर र भुवन र नेपाली कांग्रेसकी कमला पन्त निर्वाचित भएका हुन् ।
आलेले ३०९६, सुनारले ३०८४ र पन्तले ३०८४ मतभार पाएका छन् ।
यस्तै कर्णाली प्रदेशमा भएको निर्वाचनमा गठबन्धनका तर्फबाट माओवादीका माओवादीका नरबहादुर विष्ट, काँग्रेसकी दुर्गाकुमारी गुरुङ र एकीकृत समाजवादीका उदय बोहोरा निर्वाचित बनेका छन ।
निर्वाचित बनेका विष्टले ३००६, गुरुङले २९७० र बोहोराले ३००६ मतभार प्राप्त गरेका छन् ।
यस्तै प्रदेश १ मा गोलाप्रथाबाट सत्ता गठबन्धनका उम्मेदवार गोपाल बस्नेत विजयी भएका छन् । काँग्रेसको तर्फबाट उम्मेदवार बनेका उनले एमालेका उम्मेदवार गुरु बराललाई गोलाप्रथाबाट हराएका हुन् ।
दुई उम्मेदवारको बराबर मत आएपछि गोलाप्रथामा विजेता घोषणा गरिएको हो । दुबै उम्मेदवारको ४४८८ मत आएको थियो ।








