राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको उम्मेदवार नभएका प्रदेशमा मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिएको छ । मंगलबार बसेको राप्रपाको केन्द्रीय पदाधिकारीको बैठकले प्रदेश १ बाहेकका प्रदेशमा उम्मेदवार नभएकाले मतदानमा सहभागी नहुने निर्णय गरेको हो ।
‘यही माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश १ मा पार्टी उम्मेदवारहरु अम्बर बहादुर विष्ट र रञ्जु प्याकुरेललाई मतदान गर्न निर्देशन दिने र अन्य प्रदेशहरुमा पार्टी उम्मेदवार नभएकाले पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने मतदाताहरुलाई मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिने निर्णय गरियो ।,’ राप्रपाका महामन्त्री भुवन पाठकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रिय सभामा रिक्त हुन लागेका १९ सिटका लागि सात वटै प्रदेशमा माघ १२ गते बिहान ९ देखि ३ बजेसम्म मतदान हुँदैछ । निर्वाचनमा नौ दलका ४३ जना उम्मेदवार छन् ।








