पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ४६७६ सहित देशभर थप १० हजार ३१९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
१६ हजार ६५४ जनाको पीसीआर परीक्षण गर्दा ८०५४ र ४५४७ एन्टिजेन परीक्षणमा २२६५ जना गरी जना गरी १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
उपत्यकाको काठमाडौमा ३६३४ जना, भक्तपुरमा ४५५ जना र ललितपुरमा ५८७ जना गरी कुल ४६७६ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २५४० जना सङ्क्रमित कोभिडमुक्त भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म् कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११६५९ पुगेको छ ।








