नेपालमा कोरोना संक्रमितमध्ये ८८ प्रतिशतलाई ओमिक्रोन भेरियन्ट भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा आइतबार दिएको जानकारी अनुसार संक्रमितमध्ये ८८ प्रतिशतलाई ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पछिल्लोपटक ३२ वटा नमुनाको जिन सिक्वेन्सिङ गर्दा २८ वटामा ओमिक्रोन भेरियन्ट र चार वटामा डेल्टा भेरियन्ट संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीले जानकारी दिए ।

यसले विश्वव्यापी रूपमा डेल्टा भेरियन्टलाई ओमिक्रोन भेरियन्टले प्रतिस्थापन गरेजस्तै नेपालमा समेत सोही अवस्था देखिएको डाक्टर अधिकारीको भनाई छ ।