ललितपुरमा आजदेखि कोभिड-१९ विरुद्धको बुस्टर डोज लगाइने भएको छ ।

ललितपुर महानगरपालिकाका अनुसार आजदेखि ६ माघसम्म अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मीसहितलाई बुस्टर डोज लगाइन लागिएको हो ।

त्यसका लागि महानगरपालिकाले सुमेरु अस्पताल, सर्वाङ्ग अस्पताल, अल्का अस्पताल, स्टार अस्पताल, निदान अस्पताल, बिएन्डबी अस्पताल र मेडिसिटी अस्पतालमा
खोप केन्द्र तोकेको छ ।

खोप कार्यक्रम बिहान १० बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ ।