प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम टुंगो लागेको छ ।
आज बसेको प्रदेशसभाको बैठकबाट दुई तिहाइ मतले प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम टुंगो लगाएको हो ।
प्रदेशको राजधानी जनकपुर तोक्ने प्रस्तावमा ७८ मत परेको छ ।
प्रदेशसभामा मतदान हुँदा ९९ सांसद सहभागी थिए । जसमध्ये ७८ जना सांसदले प्रदेशको राजधानी जनकपुर राख्ने पक्षमा मतदान गरेका थिए ।








