पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ३३४७ सहित देशभर थप ४९६१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

१२ हजार ५६२ जनाको पीसीआर परीक्षण गर्दा ४५३४ र २५६९ एन्टिजेन परीक्षणमा ४२७ जना गरी जना गरी ४९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यकाको काठमाडौमा २५४५ जना, भक्तपुरमा ३२८ जना र ललितपुरमा ४७४ जना गरी कुल ३३४७ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ४३५ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म् कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११६१७ पुगेको छ ।