पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा २२१९ सहित देशभर थप ४६३६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
१० हजार ४१२ जनाको पीसीआर परीक्षण गर्दा ३७०३ र ४१४४ एन्टिजेन परीक्षणमा ९३३ जना गरी जना गरी ४६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
उपत्यकाको काठमाडौमा १५९१ जना, भक्तपुरमा १४२ जना र ललितपुरमा ४८६ जना गरी कुल २२१९ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ३५० जना सङ्क्रमित कोभिडमुक्त भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म् कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११६१७ पुगेको छ ।








