सरकारले कोभिड १९ विरुद्धको खोपले गर्भपात हुने, कम तौलको बच्चा जन्मिने, समय नपुगी जन्मिने भन्ने कुरा गलत भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना निकाल्दै कोरोनाविरुद्धको खोपका कारण बच्चा समय नपुगी जन्मन सक्ने तथा कम तौलको जन्मिने भने कुरा गलत भएको जानकारी दिएको हो ।

बच्चा समय अगावै जन्मने, खेर जाने वा कम तौलको जन्मनेलगायत अन्य विभिन्न कारण हुनसक्ने भन्दै योसँग कोरोना खोपको कुनै सम्बन्ध नभएको पनि मन्त्रालयले प्रष्ट पारेको छ ।

विभिन्न अध्ययनहरुले पनि कोरोना खोप र समय नपुगी बच्चा जन्मिनुमा कुनै सम्बन्ध नभएको देखाएको मन्त्रालयले जनाएको छ ।

यसैगरी, स्तनपान गराइरहेको महिलाहरुले पनि खोप लगाउन मिल्ने यो खोपले आमा र बच्चा दुवैलाई सुरक्षा प्रदान गर्ने सरकारले जनाएको छ।

ढिला नगरी आफूलाई पायक पर्ने खोप केन्द्रमा समयमै पुगेर खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ।