सरकारले काठमाडौं उपत्यकामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको छ ।
आइतबार भक्तपुर जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना विरुद्धको खोप दिन सुरु गरिएसगै उपत्यकामा यो अभियान आरम्भ भएको हो ।
यस्तै काठमाडौं र ललितपुर जिल्लामा भने २७ पुस (मंगलबार) देखि बालबालिकालाई खोप दिने तयारी गरिएको जनाइएको छ ।
उपत्यकाका तीनवटै जिल्लामा बालबालिकालाई विद्यालयमै पुगेर कोरोना विरुद्धको खोप दिइनेछ ।
भक्तपुरमा बालबालिकालाई मोडर्ना खोप दिन थालिएको हो भने काठमाडौ र ललितपुरमा फाइजर बायोन्टेकको खोप दिइनेछ ।
सरकारले ५७ जिल्लामा बालबालिकालाई मोडर्ना र २० जिल्लाका बालबालिकाहरूलाई फाइजर खोप दिने निर्णय गरेको थियो ।








