पुस २५ गते आइतबारका लागि बोलाइएको राष्ट्रियसभाको बैठक सरेको छ ।
शुक्रबार सूचना सार्वजनिक गर्दै संघीय संसदका महासचिव डा भरतराज गौतमले बैठक विशेष कारणबस बैठक सरेको जानकारी दिए ।
राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक पुस २७ गते मंगलबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको गौतमको भनाइ छ ।








