नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई निर्विरोध निर्वाचित गरे पनि अन्य पदाधिकारीको टुंगो लगाएको छैन ।
सोमबार ललितपुरमा बसेको बैठकले अध्यक्षमा प्रचण्डलाई चयन गरेपछि अन्य पदाधिकारीको टुंगो नलगाई पुस २५ गतेसम्मका लागि बैठक स्थगित गरेको हो ।
साथै, २५ गतेअघि छलफल गरेर पदाधिकारी, स्थायी समिति, पोलिट्ब्यूरो समितिका सदस्यहरु पनि टुंगो लगाउने अध्यक्ष प्रचण्डले बताएका छन् ।
बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष प्रचण्डले मंगलबार वर्षमान पुन र ओनसरी घर्ती चीनबाट फर्किने र उनीहरुसँग पनि सल्लाह गरेर पदाधिकारी चयन गरिने बताए ।








