पाल्पाको लघुवामा बस दुर्घटना हुदा ७ जनाको घटनास्थलमा मृत्यु र ८ जना घाइते भएको प्रहरीले जनाएको छ ।
बुटवलबाट शव लिएर गुल्मीकाे रिडी जाँदै गरेको लु २ ख ७२७९ नम्बरको बस तानसेन–रिडी सडकखण्ड अन्तर्गत पाल्पाको रिब्दिकोट–२ लगुवामा सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना हुँदा ७ जनाको घटनास्थलमा मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डीएसपी मोहन खांणले जानकारी दिए । बसमा ३५ जना मलामी सवार थिए ।
घटनास्थलमा प्रहरी परिचालन भएर उद्धार कार्य जारी छ । थप विवरण आउन बाँकी छ ।








