पछिल्लो समय उच्च शिक्षा हांसिल गर्न बिदेश जान चाहने नेपाली बिध्यार्थीहरूमा आकर्षण बढ्दो छ । उच्चशिक्षा प्राप्त गर्न जांदा त्यस सम्बन्धि जानकारी र ज्ञान लिनु पनि यतिबेला जरूरी देखिएको छ । बिध्यार्थीहरूलाई यस सम्बन्धि ज्ञान र जानकारी दिंदै आएको एजुकेशन एण्ड माइग्रेसन कर्नरले समय समयमा नेपालका बिभिन्न शहरहरूमा ऐजुकेशन फेयरको पनि आयोजना गर्दै आएको छ ।

यसैबीच एजुकेशन एण्ड माइग्रेसन कर्नर अहिले फेयर मार्फत बिध्यार्थीहरूलाई शिक्षा सम्बन्धि जानकारी दिंदै जाने क्रममा आइतबार इटहरी पुगेको थियो । काठमाण्डौबाट शुरू भएको फेयर पोखरापछी इटहरी पुगेको हो । इटहरीमा आयोजना गरिएको फेयरमा बिध्यार्थीहरूको उल्लासमय सहभागिता रहेको थियो । फेयरमा कर्नरका प्रमुख सुनिल उप्रेतीले यूबा पुस्तामा शिक्षा सम्बन्धि बिषयमा केही जान्ने र बुझ्ने संस्कार बढेकोमा प्रसन्नता ब्यक्त गरे । उनले अगाडि भने, ‘बिदेशमा उच्चशिक्षा हांसिल गर्न चाहने नेपाली बिध्यार्थीहरूका लागि हामी हर समय तपाईहरूको साथमा रहने छौं ।’

कार्यक्रममा सहभागि हुन काठमाण्डौ देखी इटहरी पुगेकी यस सस्थाकी ब्राण्ड ऐम्बेस्डर अभिनेत्री उपासना सिंह ठकुरीले इटहरीबाट आफूले अत्याधिक माया पाएकोमा खुशी ब्यक्त गरिन । फेयरमा बोल्दै कर्नरका कम्प्लाईन्स मेनेजर नबराज प्रसाईले नेपालका बिभिन्न शहरहरूमा आयोजना गरिएको र गर्न लागिएको फेयरबाट बिध्यार्थीहरूले शिक्षा सम्बन्धि ज्ञान लिन सफल भएको कुरा बताए ।

फेयरमा शिक्षा सम्बन्धि जानकारी प्रदान गरिएको थियो भने स्थानिय कलाकारले मनोरन्जन प्रदान गरेका थिए ।

यसैगरी शैक्षिक मेला पौष १२ मा दमक,पौष १३ मा बिर्तामोड,पौष २३ मा हेटौंडा,पौष २४ मा चितवन र पौष २५ गते बुटवलमा आयोजना हुने जानकारी दिइएको छ ।