पछिल्लो २४ घण्टामा देशभर थप १६७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

४ हजार २८३ पीसीआर परीक्षणमा १५७ जना र २१६४ एन्टिजेन परीक्षणमा १० जना गरी जना गरी १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २२६ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । अहिलेसम्म् कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११५८३ पुगेको छ ।