पछिल्लो २४ घण्टामा देशभर थप २६० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
८ हजार ६० जनाको पीसीआर परीक्षण गर्दा २२७ जना र ३८३८ जनाको एन्टीजेन परीक्षण गर्दा २३ जना गरी २६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ३४९ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । अहिलेसम्म् कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११५८२ पुगेको छ ।








