कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएका देशबाट नेपाल आउँदा अनिवार्य क्वारेन्टिन बस्नुपर्ने नियम खारेज भएको छ । शनिबार अध्यागमन विभागले यस्तो सूचना जारी गरेको हो ।

शुक्रबारमात्रै अध्यागमन विभागले एक सूचना जारी गर्दै विभिन्न ६७ मुलुकबाट नेपाल आउँदा सात दिन अनिवार्य होटेल क्वारिन्टिनमा बस्नु पर्ने सूचना निकालेको थियो ।

विभागले उक्त निर्णय तत्कालका लागि स्थगित भएको सूचनामा उल्लेख छ ।

यस सूचना अनुसार अर्को सूचना नभएसम्मका लागि क्वारेन्टिनमा बस्नुपर्ने नियम स्थगित भएको हो ।

मन्त्रिपरिषदले विभिन्न ६७ मुलुकबाट नेपाल आउनेहरुले आफ्नै खर्चमा ७ दिनसम्म क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरेको थियो ।