पछिल्लो २४ घण्टामा देशभर थप ३४१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
१० हजार ४१६ जनाको पीसीआर परीक्षण गर्दा ३१३ जना र २८२० जनाको एन्टिजेन परीक्षण गर्दा २८ जना गरी ३४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ३७६ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । अहिलेसम्म् कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११५५७ पुगेको छ ।








