पछिल्लो २४ घण्टामा देशभर थप ३१५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
९ हजार ३८६ जनाको पीसीआर परीक्षण गर्दा २७२ जना र २४२४ जनाको एन्टिजेन परीक्षण गर्दा ४३ जना गरी ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ३०४ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । अहिलेसम्म् कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११५४५ पुगेको छ ।








