राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले सपथ ग्रहण गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक समारोहकाबीच केन्द्रीय निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतबाट नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनसहितका पदाधिकारीले पद तथा गोपनीयताको सपथ लिएका हुन्।

त्यसलगत्तै नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई अध्यक्ष लिङ्देनले सपथ खुवाएका थिए।

राप्रपाका नवनिर्वाचित अध्यक्ष लिङ्देनसहित पदाधिकारी र केन्द्रिय सदस्यहरुले लिए सपथ

सपथग्रहण समारोहमा निवर्तमान अध्यक्षद्वय पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी उपस्थित भएका थिए भने अध्यक्षमा पराजित निवर्तमान अध्यक्ष कमल थापा भने सहभागी भएका थिएनन्।

महाधिवेशनले लिङ्देनको नेतृत्वमा ८ जना पदाधिकारी र १४१ केन्द्रीय सदस्य निर्वाचित गरेको छ । राप्रपाको १९९ सदस्यीय केन्द्रीय कार्य समितिमा ५० जना सदस्य अध्यक्षले मनोनीत गर्नेछन्।