कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् । मंगलबार प्रदेशसभा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका उनले बुधबार विश्वासको मत प्राप्त गरेका हुन् ।

उपस्थित २२ जना प्रदेशसभा सदस्य मध्ये उनको पक्षमा २२ मत नै खसेको थियो । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले भने प्रदेशसभा बैठकमा सहभागि भएन ।

शाहीले उनी सम्वद्ध दल नेपाली काँग्रेसको ६, नेकपा (माओवादी केन्द्र)को १२, एकीकृत समाजवादीको ३ र राप्रपाका १ जना सांसदको मत पाएका हुन ।