नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्षसँगै उपाध्यक्ष र सचिवको पनि मतपरिणाम सार्वजनिक भएको छ ।

उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले सबैभन्दा बढी मत पाएकी छिन । शाक्यपछि सुरेन्द्र पाण्डे, सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, युवराज ज्ञवाली र रामबहादु थापाले मत पाए । घनश्याम भूसाल भने पराजित भएका छन ।

यस्तै सचिवमा सबैभन्दा बढी मत ल्याएका गोकर्ण विष्टसहित ७ जना निर्वाचित भएका छन । विष्टसहित योगेश भट्टराई, पद्मा अर्याल, छविलाल विश्वकर्मा, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ निर्वाचित भएका हुन । सचिवमा उम्मेदवारी दिएका भीम आचार्य र टंक कार्की पराजित भएका छन ।

उपाध्यक्षको अन्तिम नतिजा

अष्टलक्ष्मी शाक्य १९७६ (निर्वाचित)
सुरेन्द्र पाण्डे १९२५ (निर्वाचित)
सुवासचन्द्र नेम्वाङ १८६५ (निर्वाचित)
विष्णु पौडेल १८५६ (निर्वाचित)
युवराज ज्ञवाली १८४२ (निर्वाचित)
रामबहादुर थापा १७६८ (निर्वाचित)
घनश्याम भूसाल ७२५ (पराजित)

एमाले सचिव पदमा अन्तिम नतिजा

गोकर्ण विष्ट १९७६ (निर्वाचित)
योगेश भट्टराई १९६४ (निर्वाचित)
पद्मा अर्याल १८०० (निर्वाचित)
छविलाल विश्वकर्मा १८०० (निर्वाचित)
लेखराज भट्ट १७०४ (निर्वाचित)
टोपबहादुर रायमाझी १७०० (निर्वाचित)
रघुवीर महासेठ १५१३ (निर्वाचित)
भीम आचार्य १३०० (पराजित)
टंक कार्की ५०० (पराजित)