नेकपा एमालेको १० औँ महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।
सोमबार साँझ अन्तिम नामावली प्रकाशित भएपछि मंगलबार राति २ बजे भनिएको मतदान बिहान ४ बजेपछि सुरु भएको हो ।
सोमबार राति केन्द्रीय निर्वाचन आयोगले मतदानका लागि अन्तिम नामावली प्रकाशन गरेको थियो ।
मध्यरातमा सुरु भएको मतदान साढे १०ः३० बजेभित्र सम्पन्न हुने आयोगको अनुमान छ ।
अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यका केही क्लस्टरमा आज मतदान हुनेछ । अध्यक्षमा केपी ओली र भीम रावल चुनावी मैदानमा छन् ।
अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म निर्वाचन भए पनि केही पद भने सर्वसम्मत भएको छ ।
वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिव लगायतका पदमा सर्वसम्मत भएको हो । एमालेको विधानमा व्यवस्था भएको सिट संख्या बराबर मात्र उम्मेदवारी परेपछि केही पद सर्वसम्मत भएका हुन् ।








