पछिल्लो २४ घण्टामा देशभर थप ३०८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
७ हजार १०४ जनाको पीसीआर परीक्षण गर्दा २८१ जना र १८०५ जनाको एन्टिजेन परीक्षण गर्दा २७ गरी ३०८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २९८ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११५१६ पुगेको छ ।








