नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । हिजो दिउँसोका लागि बोलाइएको बैठक आज विहान बस्नेगरी सारिएको थियो ।

बैठक अहिले विहान ११ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

बैठकमा राष्ट्रिय महाधिवेशनको तयारी तथा ५ प्रतिशत सदस्य मनोनयनको मापदण्डबारे छलफल हुने सचिव तामाङले बताए ।