प्रदेश नं २ को सरकारमा नव नियुक्त दुई मन्त्रीहरूले शपथ ग्रहण गरेका छन ।
नेकपा (एकीकृत समाजवादी)का तर्फबाट संसदीय दलका नेता शत्रुधन महतो र सांसद प्रमोद यादवले मन्त्री पदकोे सपथ ग्रहण गरेका हुन । महतोले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र यादवले कानुन, न्याय तथा प्रदेश मामिला मन्त्रालयको जिम्मेवार पाएका छन ।
प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरधामस्थित मधेश भवनमा आइतबार विहान आयोजित समारोहमा प्रदेश प्रमुख हरिशंकर मिश्रले दुवै मन्त्रीलाई शपथ ग्रहण गराएका हुन








