कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का चन्द्रबहादुर शाहीलाई नियुक्त गरेका छन्।

एकीकृत समाजवादी संसदीय दलका नेता शाहीलाई नियुक्त गर्न मुख्यमन्त्रीले प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

शाहीलाई प्रदेश प्रमुख तिलक परियारले आजै शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ।

कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका शाहीले अहिलेसम्म एक जना मन्त्री मात्र नियुक्त गर्न सफल भएका छन । बाकी मन्त्रीहरु अब छिट्टै नियुक्त हुने उनले जनाएका छन ।