प्रदेश २ का उद्योग, पर्यटन तथा वनमन्त्री रामनरेश राय यादव पदमुक्त भएका छन ।
मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा मंगलबार प्रदेश प्रमुख हरिशंकर मिश्रले उद्योगमन्त्री यादवलाई पदमुक्त गरेका हुन ।
तत्कालका लागि उद्योग, पर्यटन तथा वन मन्त्रालयको कार्यभार मुख्यमन्त्री राउत आफैले सम्हाल्ले भएका छन ।








