नेकपा एमालेले विभिन्न ५८ जिल्लामा महाधिवेशन प्रतिनिधि छनोट गरेको छ ।
पाँच जिल्लामा प्रतिनिधि छनौटको प्रक्रिया जारी रहेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनका अनुसार अधिकांश जिल्लामा सहमतिको आधारमा प्रतिनिधि छानिएको हो ।
एमालेको आगामी मंसिर १०–१२ गते चितवनमा दशौं राष्ट्रिय महाधिवेशन आयोजना हुँदैछ ।
देशका अधिकांश जिल्लामा सर्वसम्मतिले प्रतिनिधि चयन भएका छन् ।
पार्टीले निर्धारण गरेको मापदण्ड अनुसार खुल्ला, महिला र उत्पीडित समुदायबाट प्रतिनिधिको छनोट गरिएको छ ।
अहिलेसम्म केन्द्रीय विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, विशेष जिल्ला कमिटी, जनसंगठन र प्रवासबाट समेत गरी ८५ प्रतिशतको हाराहारीमा प्रतिनिधिहरु निर्वाचित भइसकेका छन् ।
कात्तिक ३० गतेसम्म प्रतिनिधि चयन गरी केन्द्रमा प्रतिनिधिको सम्पूर्ण अभिलेख पठाउन निर्देश गरि सकिएको एमालेले जनाएको छ ।
प्रतिनिधि चयन भएका जिल्लाहरु यसप्रकार छ :
प्रदेश नम्बर १
पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, मोरङ, धनकुटा, सोलुखुम्बू, ओखलढुंगा, उदयपुर, खोटाङ र भोजपुर ।
बागमती प्रदेशः
दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट, धादिङ, चितवन र मकवानपुर ।
उपत्यका विशेष कमिटीः
पेशागत, युवा विद्यार्थी, मजदुर र उद्योग व्यवसाय विशेष जिल्ला कमिटी ।
गण्डकी प्रदेशः
गोरखा, लमजुङ, नवलपुर, तनहुँ, कास्की, स्याङजा, पर्वत, म्याग्दी, बागलुङ, मुस्ताङ र मनाङ ।
लुम्बिनी प्रदेशः
गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान, रुकुम, रोल्पा, बाँके र बर्दिया ।
कर्णाली प्रदेशः
हुम्ला, डोल्पा, मुगु, कालिकोट, जुम्ला, जाजरकोट, रुकुमपश्चिम, सल्यान र सुर्खेत ।
सुदूरपश्चिम प्रदेशः
दार्चुला, बैतडी, बझाङ र डडेल्धुरा
छनौट प्रक्रिया जारी रहेका जिल्ला
कञ्चनपुर, कैलाली, अछाम, डोटी र बाजुरा ।








