नेपाली सेनालाई चीन सरकारले कोरोनाविरुद्धको तीन लाख डोज भेरोसेल खोप उपलब्ध गराएको छ ।
चीनको जनमुक्ति सेनाले नेपाली सेनालाई सहयोग स्वरुप १० थान भेन्टिलेटर तथा १०० थान अक्सिजन कन्सन्ट्रेटरसहित तीन लाख डोज खोप प्रदान गरेको हो ।
सोमबार जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच प्रधान सेनापति प्रभुराम शर्मालाई नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले उक्त सामग्री हस्तान्तरण गरेकी हुन ।
कार्यक्रममा प्रधानसेनापति शर्माले खोप र स्वास्थ्य सामग्री सहयोगका लागि चीन सरकार र चिनियाँ जनमुक्ति सेनालाई धन्यवाद दिए ।








