पछिल्लो २४ घण्टामा देशभर थप १८३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

२ हजार ३०७ जनाको पीसीआर परीक्षण गर्दा १७४ जना र २५३७ जनाको एन्टिजेन परीक्षण गर्दा ९ गरी १८३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ६४९ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु पुष्टि भएको छ ।