नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजिनामाको माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
उपत्यका बार एकाइका अध्यक्षहरुसहित शुक्रबार बसेको एशोसिएशनको कार्यसमिति बैठकले न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेकोले राजीनामा मागिएको भन्दै प्रधानन्यायाधीशलाई इजलासमा नबस्न माग गर्ने निर्णयसहित आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरेको हो।
बैठकले कात्तिक १४ देखि १७ गतेसम्म हरेक दिन विहान १० देखि ११ बजेसम्म सर्वोच्च अदालतमा कालोपट्टी बाँधेर विरोध कार्यक्रम गर्ने निर्णय गरेको छ।
यो अवधिमा पनि प्रधानन्यायाधीशले राजीनामा नदिए विरोधका थप कार्यक्रम घोषणा गरिने एशोसिएसनले जनाएको छ।









