नेपालमा भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव कायमै रहेको तर यसको प्रभाव पश्चिमबाट पूर्वतर्फ सरेको छ।
गत असोज ३१ गतेदेखि उक्त प्रणाली सक्रिय हुँदै नेपालको कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा अत्यधिक वर्षा र अन्य प्रदेशका केही स्थानमा भीषण वर्षा भएको थियो। यसका कारण जनधनको क्षति भएको छ भने भौतिक पूर्वाधारसमेत तहसनहस बनाएको छ।
मंगलबार रातिबाट भने कर्णाली र सुदूरपश्चिममा उक्त प्रणाली कमजोर भई पूर्वतर्फ सरेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए। उनका अनुसार प्रदेश १, प्रदेश २, बागमती र गण्डकीमा आज भीषण वर्षाको सम्भावना छ।
बिहीबारदेखि भने मौसममा सुधार आउने भए पनि पूर्ण सुक्खा नहुने हुँदा ठाउँठाउँमा पानी पर्ने सम्भावना कायमै रहेको उनले बताए। मौसमविद श्रेष्ठका अनुसार आगामी बिहीबारदेखि मौसममा सुधार हुँदै जाने छ।
-रासस








