गृह मन्त्रालयले विभिन्न १० जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको सरुवा गरेको छ ।

गृह मन्त्रालयका अनुसार १० जिल्लाका सीडीओहरुको काज सरुवा गरिएको जनाइएको छ ।

मन्त्रालयले कास्कीमा सहसचिव जयनारायण आचार्यलाई पठाइएको छ ।

आचार्य नेतृत्वको समितिले नेपाल–चीन सीमा विवाद समाधान समितिका तर्फबाट असोज १० प्रतिवेदन बुझाएको थियो ।

त्यस्तै, भोजपुरमा मन्त्रालयका सहसचिव कमलराज ढकाललाई पठाइएको छ । त्यसैगरी, लमजुङमा सुशील वैद्य, डोटीमा शंकरबहादुर विष्ट, मुगुमा रोमबहादुर महत, मनाङमा रविन्द्र आचार्य, डडेलधुरामा मोहनराज जोशी र म्याग्दीमा चिरञ्जिवी रानालाई सरुवा गरिएको छ ।

त्यस्तै, रसूवाका लागि नमराज जैसी र अनोज घिमिरेलाई तेह्रथुमको प्रजिअको जिम्मेवारी दिइएको छ ।

१० जिल्लाका सीडीओको सरुवा (सूचीसहित)