पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ३९४ सहित देशभर थप १२८२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ८ लाख ८३ हजार २२१ जना पुगेको छ ।
१२ हजार ८१ जनामा पीसीआर परीक्षण गर्दा ९७५ जना र ३४०७ एन्टिजेन परीक्षणमा ३०७ जनामा गरी १२८२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका २८५, भक्तपुरका ४३ जना र ललितपुरका ६६ गरी उपत्यकामा कुल ३९४ जना कोरोना संक्रमित भेटिएका हुन ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १२६२ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ७ लाख ६२ हजार ४१६ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या १११०३ पुगेको छ ।








