सरकारले सोमबारदेखि दशैँको लागि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुला गर्ने भएको छ ।
विहीबार यातायात व्यवस्था विभागले ट्राफिक प्रहरी, यातायात व्यवसायी तथा उपभोक्ता अधिकारकर्मीसँग छलफल गरेर सरकारले असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो ।
सरकारले गत असारदेखि सार्वजनिक सवारीको भाडा समायोजन गर्दै सार्वजनिक सवारीको भाडा बढाएको छ । त्यसैले दशैँमा घर फर्कने यात्रुले गत वर्षभन्दा २८ प्रतिशत बढी तिर्नुपर्ने हुन्छ ।
यात्रुवाहक सवारीको भाडा २८ प्रतिशतले बढाइएको भए पनि अन्तर प्रदेशको भाडा समायोजन लागू हुन सकेको छैन।
व्यवसायीहरुले भाडा समायोजन तत्काल कार्यान्वयनमा आउनुपर्ने माग राख्दै आएका छन्।
यातायात व्यवस्था विभागले २०६५ मा बनाएको वैज्ञानिक भाडा समायोजनको मापदण्ड अनुसार भाडा समायोजन गर्दै आएको छ।








