पार्टीभित्रको आन्तरिक विषय र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्ने भएको छ ।
बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बस्ने एमाले पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
बैठकमा असोज १५, १६ र १७ गते हुन गइरहेको विधान महाधिवेशनका लागि राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल हुने कार्यालय सचिव तामाङले बताएका छन् ।
केन्द्रीय कमिटीको बैठकमा यसअघि एमाले स्थायी कमिटीको बैठकमा सदस्यहरूले राखेको सुझावसहितको मस्यौदा प्रतिवेदनमाथि छलफल हुने तामाङले जानकारी दिए ।
एमाले केन्द्रीय कमिटीको बैठकले विधानमहाधिवेशनमा लगिने विभिन्न प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ ।








