पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा २५६ सहित देशभर थप ७३४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ८ लाख ७३ हजार ५३४ जना पुगेको छ ।
७ हजार ३०४४ जनामा पीसीआर परीक्षण गर्दा ६५६ जना र २७०९ एन्टिजेन परीक्षणमा ७८ जनामा गरी ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १४१३ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ७ लाख ४९ हजार २१३ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ११०४० पुगेको छ ।








