पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा २५६ सहित देशभर थप १०६६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ८ लाख ७२ हजार ८०० जना पुगेको छ ।
८ हजार ५४० जनामा पीसीआर परीक्षण गर्दा ८३५ जना र २८१८ एन्टिजेन परीक्षणमा २३१ जनामा गरी १०६६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका २४३, भक्तपुरका १३ जना गरी २५६ कोरोना संक्रमित भेटिएका हुन । आज ललितपुरमा कोही संक्रमित थपिएनन ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १२३४ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ७ लाख ४७ हजार ८०० जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ११०२८ पुगेको छ ।








