पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ३९७ सहित देशभर थप १५५८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ८ लाख ७१ हजार ७३४ जना पुगेको छ ।

८ हजार ६६५ जनामा पीसीआर परीक्षण गर्दा १०८६ जना र ३७२० एन्टिजेन परीक्षणमा ४७२ जनामा गरी १५५८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका २७४, ललितपुरका ७० र भक्तपुरका ५३ जना गरी ३९७ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३५१ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ७ लाख ४६ हजार ५५६ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ११०१२ पुगेको छ ।