सत्ता साझेदारी दल नेकपा (एकीकृत समाजवादी) को नयाँ बानेश्वरको आलोकनगरस्थित केन्द्रीय कार्यालयको औपचारिक उद्घाटन भएको छ । नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालले शुक्रबार बिहान १० बजे कार्यालयको उद्घाटन गरेका हुन ।

झण्डै दुई महिना बित्दा पनि मन्त्रिपरिषद् विस्तार नभएको विषयमा पत्रकारहरुसँग बोल्दै अध्यक्ष नेपालले यस विषयमा एक हप्ताभित्र टुंगो लाग्ने बताए । ुअसोज ४ गते प्रतिनिधिसभाको बैठक बस्दैछ, आशा गरौं, एक हप्ताभित्र सरकार र सदनलगायत सबैको टुङ्गो लाग्छुअध्यक्ष नेपालले बताए ।

कार्यालय उद्घाटन गर्दै अध्यक्ष नेपालले नेकपा ९एकीकृत समाजवादी० देशभक्तिपूर्ण स्वाभिमानी शक्तिको रुपमा उभिने दाबी गरे । नेकपा एमालेमा वैचारिक विचलन आएको बताउदै उनले नेकपा ९एकीकृत समाजवादी० नवीन सोच र मान्यताका साथ अघि बढ्ने बताए ।

यस्तै आगामी दिनमा सत्ता पक्षसँग सामेल भएरै अगाडि बढ्ने र सातै प्रदेशको सरकार सञ्चालनमा सहभागी हुने अध्यक्ष नेपालले बताए ।