प्रदेश १ सरकारका मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् बिस्तार गरेका छन । आचार्यले बुधबार थप दुई मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन ।

नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले र राज्यमन्त्रीहरुलाई मुख्यमन्त्री आचार्यले शपथ गराएका छन । योसँगै प्रदेश १ को मन्त्रीपरिषद सदस्य ८ पुगेको छ ।

नवनियुक्त मन्त्री तथा राज्‍यमन्त्रीहरूमा संखुवासभाका तुलसीप्रसाद न्यौपाने आर्थिक मामिला तथा योजनामन्त्री र झापाका हिराकुमार थापा भूमि व्यवस्था तथा योजनामन्त्री बनेका छन भने सोलुखुम्बुका उत्तमकुमार बस्नेत उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री, मोरङका ज्ञानेश्वर राजवंशी भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र लीलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री बनेका छन ।

पार्टी विभाजन भई सरकार अल्पमतमा परिसकेको अवस्थामा मुख्यमन्त्री आचार्यले मन्त्रिपरिषद् बिस्तार गरेका हुन ।